नेभिगेशन
विशेष

लुम्बिनी सरकारको खर्च ६७ प्रतिशत मात्र

जेनजी आन्दोलन, निर्वाचन आचारसंहिता र कर्मचारी अभावले बजेट खर्च हुन नसकेको सरकारको दाबी

बुटवल — लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ कुल बजेटमध्ये ६७ दशमलब १८ प्रतिशत मात्र खर्च गरेको छ । यो खर्च गत आवको भन्दा न्यून हो । 

प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको हो । जेनजी आन्दोलन, कर्मचारी अभाव, निर्वाचनलगायतले पूँजीगत खर्चमा पनि असर गरेको प्रदेश सरकारको दाबी छ । 

सरकारले चालु तर्फ पनि न्यून खर्च गरेको छ । सरकारले चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ बिनियोजन गरेको थियो । त्योमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७ दशमलब ७६ प्रतिशत खर्च भएको हो । पूँजीगततर्फ तर्फको खर्च अझै न्यून छ । पूँजीगतका लागि विनियोजन गरिएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ अर्थात् ६६ दशमलब ८० प्रतिशत खर्च भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्