हाम्रो बारेमा
दसैंँ मनाउन आ-आफ्नो थातथलो फर्कनेहरूको संख्या बढेको छ । घटनास्थापनापछि हरेक दिन तुलनात्मक रूपमा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढिरहेकाे देख्न सकिन्छ । यो क्रम दसैंको अघिल्लो दिन (१८ असाेज) सम्म कायम रहनेछ ।घटस्थापनाको अघिल्लो दिनसम्म उपत्यका बाहिरिनेको संख्या कम भए पनि घटस्थापनाको भोलिपल्टदेखि बढ्ने गरेकाे छ । यात्रुहरूको ओसारपसारका लागि काठमाडौंबाट दैनिक ३५ सयभन्दा बढी सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्