नेभिगेशन
फ्रंटलाइन्स

त्रिविका अध्ययन बिदा दुरुपयोग गरेका प्राध्यापक कर्मचारीबाट एक वर्षमा १३ करोड मात्रै फिर्ता

एक वर्षको अवधिमा ६२ जना मात्रै सम्पर्कमा आएर रकम फिर्ता गरेका छन् । अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका प्रमुख सहप्राध्यापक जीवन काफ्लेले उनीहरूबाट १३ करोड ४८ लाख रुपैयाँ असुलउपर गरिएको जनाए ।

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा दुरुपयोग गरेर नफर्केका प्राध्यापकहरूले रकम फिर्ता गर्न चासो देखाएका छैनन् । त्रिविले दुई पटकसम्म अध्ययन बिदा उपभोग गरेपश्चात् नियमअनुसार सेवामा नफर्केका प्राध्यापक, कर्मचारीलाई सम्पर्कमा आउन सूचित गरेको थियो ।

एक वर्षको अवधिमा ६२ जना मात्रै सम्पर्कमा आएर रकम फिर्ता गरेका छन् । अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका प्रमुख सहप्राध्यापक जीवन काफ्लेले उनीहरूबाट १३ करोड ४८ लाख रुपैयाँ असुलउपर गरिएको जनाए ।

काफ्ले संयोजकत्वको अध्ययन समितिले गत वर्ष १ सय ९१ जनाभन्दा बढी शिक्षक–कर्मचारी अध्ययन बिदा लिएर विश्वविद्यालयमा नफर्केको फेला पारेको थियो । २ सयभन्दा बढीले अध्ययन बिदा लिए पनि पढाइ पूरा नगरेको पाइएको थियो । त्रिविले अध्ययन बिदा दुरुपयोग गरी सेवामा नफर्केका र प्रमाणपत्र पेस नगरेका प्राध्यापक, कर्मचारीबाट रकम असुल गर्ने घोषणा गरेको थियो । tribhuwan-university-tu-1472026035046-1000x0-1784004593.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्