नेभिगेशन
विशेष
Important

कांग्रेसले हुर्काएको राजनीतिको लोकतान्त्रिक कित्ता रास्वपाको पोल्टामा

संविधान संशोधनका केही प्रमुख मुद्दाबाहेक विचार र कार्यक्रममा दुवै दलको समानता देखिन्छ । राजनीतिक दस्ताबेजमा लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सुशासन, मानवअधिकार, भ्रष्टाचार नियन्त्रण र प्रतिस्पर्धात्मक अर्थतन्त्रलाई प्राथमिकतामा राखिएको छ ।

राको कित्ता बलियो बनाउँदै जाँदा कांग्रेसमाथि नयाँ दबाब सिर्जना भएको छ । दशकौंसम्म लोकतान्त्रिक राजनीतिको पर्यायजस्तै रहेको कांग्रेसको विकल्पका रूपमा जनताले रास्वपामाथि भरोसा गरेको २१ फागुनको निर्वाचन नतिजाले देखाएको छ । लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र सुशासनका मुद्दालाई केन्द्रमा राखेर स्थापित रास्वपाले कांग्रेसको परम्परागत राजनीतिक आधारमा नै आफ्नो प्रभाव बढाएको हो । 

रास्वपाको उदय हुनुअगाडिसम्म कांग्रेसको मुख्य प्रतिस्पर्धा वामपन्थी शक्तिहरूसँग हुँदै आएको थियो । लोकतान्त्रिक कित्ताभित्रैबाट कांग्रेसलाई टक्कर दिने वैकल्पिक राजनीतिक शक्ति थिएन । लामो समयसम्म कांग्रेस र कम्युनिस्ट शक्तिबीच मुख्य प्रतिस्पर्धा केन्द्रित थियो । यो क्रम २०७९ को निर्वाचनसम्म कायम रह्यो । 

प्रतिस्पर्धाको पछिल्लो उदाहरण नै हेर्ने हो भने ०७९ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २५.७१ प्रतिशत ल्याउँदा प्रमुख वामपन्थी शक्तिका रूपमा रहेको एमालेले २६.९५ प्रतिशत र तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) ले ११.१३ प्रतिशत मत ल्याएका थिए । यी दुई ठूला वामपन्थी दलले प्राप्त गरेको मत जोड्दा कांग्रेसभन्दा झन्डै १३ प्रतिशत विन्दुले बढी अर्थात् ३८ प्रतिशत मत थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्